बिटी क्लबको देउसी भैलोबाट ७ लाख संकलन
खेलकुद र सामाजिक कार्यमा खर्च गर्ने
पाेखरा | मंसिर ६, २०८०
पोखरा: पोखरामा सक्रिय रहेको बिटी क्लबले तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ ।
खेलकुद, सामाजिक कार्यक्रममा क्रियाशिल बिटी क्लबले सञ्चालनमा गरेको देउसी भैलो तथा सांस्कृतिक साँझबाट ७ लाख रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
४ दिनसम्म पोखराको विभिन्न स्थानमा देउसी भैलो सञ्चालन गरेको क्लबले मंसिर ३ गते टुडिखेल मैदान नजिक सांस्कृतिक कार्यक्रममा समेत आयोजना गरेको थियो । क्लबले आयोजना गरेको देउसी भैलोमा ४ लाख ५० हजार र सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष थापाले बताए ।
सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले कला संस्कृतिको संरक्षणमा क्लब र स्थानीयहरु अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाली समाज विविधतामा एकता छं, सबैको कला संस्कृतिको सम्मान गर्नुपर्छ’,अध्यक्ष गुरुङले भने, ‘कला, संस्कृति र भेषभुषाको संरक्षण गर्न क्लब र स्थानीयहरु जागरुक हुन आवश्यक छ ।’
खेलकुद र सामाजिक कार्यमा अग्रसर हुँदै आएको बिटी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका १ टुँडिखेल मैदानमा ४ लाखको लगानीमा बास्केटबल कोर्ट समेत निर्माण गरेको छ ।
क्लबले घाइते खेलाडी र मृगौला पीडितहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।
क्लबले सञ्चालन गर्दै आएको फुटलबल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । उनका अनुसार १७ औं बिटीकप एवम् ७ औें विरेन्द्र स्मृति कप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि सञ्चालन गर्ने तयारी छ ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

